भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

कीर्तिपुरमा कुखुरा फार्म कुरुवा बसेका व्यक्तिलाई चितुवाको आक्रमण

कीर्तिपुरमा कुखुरा फार्म कुरुवा बसेका व्यक्तिलाई चितुवाको आक्रमण

काठमाडौं । चितुवाको आक्रमणबाट काठमाडौंको कीर्तिपुरमा एक जना घाइते भएका छन् । बुधबार राती कीर्तिपुरको थापागाउँस्थित कुखुरा फार्ममा कुरुवा बसेका व्यक्तिलाई चितुवाले आक्रमण गरेको हो ।

कुखुराको खोरभित्र सुतिरहेका कुरुवालाई चितुवाले आक्रमण गरेपछि उनले पनि चितुवालाई हिर्काउँदा चितुवा पनि घाइते भएको थानकोट प्रहरी कार्यालयले जनाएको छ ।

अवस्था सामान्य रहेका उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ । आक्रमण गर्ने चितुवा भने कुखुराको खोरभित्र थुनिएको छ । वन कार्यालयको टोली चितुवाको उद्धार गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.