भर्खरै : Sorry, your browser does not support inline SVG.

भारतले रच्यो नयाँ इतिहास, चन्द्रयान–३ चन्द्रमामा अवतरण

भारतले रच्यो नयाँ इतिहास, चन्द्रयान–३ चन्द्रमामा अवतरण

चन्द्रयान–३ चन्द्रमामा सफलतापूर्वक अवतरण भएको छ । भारतले पठाएको उक्त यान सफलता पूर्वक अवतरण भएको हो । चन्द्रयान–३ का प्रमुख लक्ष्यमध्ये एक पानीमा आधारित बरफको खोजी गर्नु हो । जसले भविष्यमा चन्द्रमामा मानव बसोबास हुनसक्ने तर्कलाई सघाउने वैज्ञानिकहरू बताउँछन् ।

भारतीय समयअनुसार ६ बजेर ४ मिनेटमा चन्द्रयान–३ चन्द्रमामा अवतरण भएसंगै भारत चन्द्रमामा सफ्ट ल्यान्डिङ गर्ने चौथो र चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने पहिलो देश बनेको छ । गएको जुलाई १४ तारिखमा भारतीय समयअनुसार दिउँसो २ बजेर ३५ मिनेटमा हरिकोटाबाट उडान भरेको चन्द्रयान–३, ४० दिनको लामो यात्रा पूरा गरेर चन्द्रमासम्म पुगेको हो ।

चार वर्षअघि चन्द्रयान–२ चन्द्रमामा अवतरण गर्ने क्रममा दुर्घटना भएपछि त्यसलाई थप परिष्कृत गर्दै भारतले चन्द्रयान–३ बनाएको हो । सन् २००८ मा भारतले पठाएको पहिलो चन्द्र मिसनु चन्द्रयान–१ ले चन्द्रमाको सतहमा पानीका अणुहरू रहेको पत्ता लगाएको थियो ।

यसअघि भारतको चन्द्रयान–३ भन्दा केही दिनअघि चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने तयारीमा रहेको रुसको यान लुना–२५ दुर्घटनामा परेपछि भारत पहिलो भएको हो । अमेरिका, रुस र चीनले चन्द्रमाको भूमध्य रेखा नजिक यान अवतरण गरे पनि कसैले पनि दक्षिणी ध्रुवमा अवतरण गरेका छैनन् ।

 


Thali Mobile Pvt.Ltd.