भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

के सिंहदरबार भ्रष्टाचारको अखाडा हो ? के भन्छन् सांसदहरु ?

के सिंहदरबार भ्रष्टाचारको अखाडा हो ? के भन्छन् सांसदहरु ?

काठमाडौँ । सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाएको नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले आरोप लगाएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सुवालले सत्तारुढ दलका नेताहरुले सिंहदरबारलाई भ्रण्टाचारको अखाडा बनाएको आरोप लगाएका हुन ।

मन्त्री पद भ्रष्टाचार गर्ने पद हो भनी पूर्वमन्त्रीले लेखेको स्मरण पुष्टि भएको बताउँदै पाँच पटक मन्त्री भएका एक जनाले मन्त्री भनेकै अर्बौं भ्रष्टाचार गर्ने पद भएको भनी आफ्नो स्मरणमा लेखेको बताए । ‘सत्ता गठबन्धनकै सांसदले स्वास्थ्य मन्त्री हुन अढाइ करोड रुपैयाँ बुझाउनुपर्ने बताएको टेलिफोन रेकर्ड सार्वजजनिक भयो ।

के सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउन खोजिएको हो कि होइन ? भन्दै उनले प्रश्न समेत गरे । सांसद सुवालले आफ्नो प्रश्नको जवाफ सत्तारुढ दलहरुले दिनु पर्ने तर्क समेत गरे । बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा.ढाकाकुमार श्रेष्ठको टेलिफोन संवादका विषयमा संघीय संसदको दुवै सदनको बैठकमा अधिकांश सांसदहरुले प्रश्न उठाए ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग आफू स्वास्थ्यमन्त्री बन्ने भन्दै सांसद श्रेष्ठले दुई करोड माग गरेको अडियो सार्वजनिक भएको विषयमा सोमवारको दुवै सदनको बैठकमा सांसदहरुले उक्त विषय उठान गरेका छन् ।

प्रतिनिधि सभा बैठकमा नेपाली काँग्रेसका सांसद धनराज गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.ढाकाकुमार श्रेष्ठको टेलिफोन संवाद छानबिन गर्न संसदीय समिति गठनको माग गरे ।
त्यस्तै, राष्ट्रिय सभामा नेकपा (एमाले) की सांसद दिलकुमारी थापा रावल (पार्वर्ती) ले दुई करोड घुस माग्ने सांसद ढाकाकुमार श्रेष्ठबारे सत्यतथ्य छानबिन गरी कारबाही गर्न सरकारसँग माग गरिन् ।

नेकपा एमालेका सांसद ऋषिकेश पाखरेलले ‘स्वास्थ्यमन्त्रीको भाउ दुई करोड पुगेछ भन्दै व्यङ्ग्य गरे । उनले स्वास्थ्यमन्त्रीको भाउ दुई करोड पुग्दा अरु मालदार मन्त्रीहरुको कति होला ? भन्दै प्रश्न गरे ।

राष्ट्रियसभाका सांसद उदयबहादुर बोहोराले ८७५ जना नेपालीलाई भुटानी बनाउने राजनीतिक संलग्नता ५० लाख असुल गरिएको विषयहरु बाहिर आउन नपाउँदै सांसदले २ करोड घुस मागेको अडियो बाहिर आएको बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले पार्टीका प्रतिनिधिसभा सदस्य ढाकाकुमार श्रेष्ठको रकम लेनदेनको अडियो सार्वजनिक भएको प्रकरणमा माफी मागे ।

 


Thali Mobile Pvt.Ltd.