भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

नेपालमा काेराेना संक्रमण बढ्न थाल्याे, सोमबार एकै दिन १ सय २४ जनामा संक्रम

नेपालमा काेराेना संक्रमण बढ्न थाल्याे, सोमबार एकै दिन  १ सय २४ जनामा संक्रम

काठमाडौं पछिल्लो समय कोरोना संक्रमण बढ्न थालेको छ । सोमबार एकै दिन नेपालमा १ सय २४ जना कोभिड–१९ का संक्रमित भेटिएपछि कोरोना सक्रमण तीव्ररुपमा फैलिएको देखिएको हो । दैनिक संक्रमितको संख्या बढ्दै जाँदा सक्रिय संक्रमितको संख्या समेत बढेको हो । हाल देशभर ४ सय ४४ जना सक्रिय संक्रमित रहेका छन्।

सोमबार २९ जना संक्रमित संक्रमणमुक्त भएका छन्। चैतको पहिलो हप्तासम्म निकै न्यून रहेको संक्रमणदर नेपालमा पछिल्लो डेढ हप्ता देखि उकालो लागेको छ। सक्रिय संक्रमितमध्ये हाल २१ जना संक्रमित संस्थागत आइसोलेसनमा छन्। १० जना संक्रमितको आइसियु र ४ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार सोमबार २ हजार ५६६ जनामा गरिएको परीक्षणमा १२४ जना संक्रमित भेटिएका हुन्। त्यसैगरी नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मालाई कोरोना संक्रमण भएको छ।

पूर्वअर्थमन्त्री समेत रहेका शर्माले सामाजिक संजालमार्फत् आफूलाई तेस्रोपटक कोरोना संक्रमण भएको उल्लेख गरेका छन्। ‘कोभिड–१९ द्वारा तेस्रो पटक संक्रमित।’ शर्माले लेखेका छन्, ‘पहिलो र दोस्रो पटकको संक्रमण जस्तो नभए पनि कोभिड त कोभिड नै रहेछ।’

 


Thali Mobile Pvt.Ltd.