भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

कोशी प्रदेशमा नयाँ सरकार गठनको तयारीमा जुटदै राजनीतिक दलहरु

कोशी प्रदेशमा नयाँ सरकार गठनको तयारीमा जुटदै राजनीतिक दलहरु

काठमाडौं । कोशी प्रदेशमा नयाँ सरकार गठनको तयारी सुरू भएको छ । कोशी प्रदेशमा मूख्यमन्त्री हिक्मत कार्कीको सरकार ढलेपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो । कोशीमा एमाले राप्रपा गठबन्धन र कांग्रेस, माओवादीलगायतको गठबनधनसँग बराबर सिट रहँदा कुन पक्षले बहुमत जुटाउन सक्छ भन्ने टुंगो छैन ।

प्रदेश प्रमुखले संविधानको कुन धारा अन्तर्गत सरकार गठनका लागि आह्वान गर्नुहुन्छ भन्ने पनि चासोको विषय बनेको छ । बहुमतको सरकार गठन हुन नसके ठूलो दलहको हैसितमा एमालेले सरकार गठनको मौका पाउने छ ।

नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख पर्शुराम खापुङले दलहरू परामर्श गर्नुभएको छ । प्रदेश प्रमुखले आइतबार बहुमत जुटाएर सरकार गठनका लागि दलहरुलाई आव्हान गर्ने तयारी गर्नुभएको बुझिएको छ ।

 


Thali Mobile Pvt.Ltd.