भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

खोप दिने सरकारको निर्णयबारे सर्वसाधारण अन्यौलमा

खोप दिने सरकारको निर्णयबारे सर्वसाधारण अन्यौलमा

काठमाडौं । सरकारले बुस्टर डोज खोपको मात्रा पहिले लगाएको भन्दा फरक दिने निर्णय गरेको छ ।

डब्लूएचओको सल्लाहकार समूह र राष्ट्रिय खोप सल्लाह समितिको सिफारिस अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णय अनुसार बुस्टर खोपको मात्रा फरक दिने निर्णय गरिएको हो ।

६० वर्षभन्दा माथिका व्यक्तिलाई कोभिड–१९ विरुद्धको बुस्टर खोप प्रदान गर्दा पहिलो र दोस्रो मात्रा कोभिसिल्ड, एस्ट्राजेनिका, मोडर्ना, फाइजर वा भेरोसेल खोप लगाएकाहरूलाई कोभिसिल्ड वा एस्ट्राजेनिका दिन ७७ जिल्लाका स्वास्थ्य कार्यालयलाई अनुरोध गरिएको छ ।

पहिलो मात्रा खोप लगाएकाहरूलाई दोस्रो मात्रा सोही खोप नभएमा कोभिसिल्ड वा एस्ट्राजेनिका खोप दिन भनिएको छ । विदेशमा पहिलो मात्रा कोभिसिल्ड, एस्ट्राजेनिका, भेरोसेल, मोडर्ना र फाइजर खोप लगाएकाहरूलाई दोस्रो मात्राको रूपमा कोभिसिल्ड वा एस्ट्राजेनिका खोप प्रदान गर्ने निर्णय गरेको हो ।

सरकारको यस्तो निर्णयले जेष्ठ नागरिक अन्यौलमा परेका छन् । पहिलो र दोश्रो डोज भेरोसेल अभावका कारण सरकारले मौज्दात रहेको कोभिसिल्ड दिन लागेको भन्दै जेष्ठ नागरिक अन्यौलमा परेका हुन् ।

 


Thali Mobile Pvt.Ltd.