भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपति बने यादव

गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपति बने यादव

काठमाडौं । जसपा संसदीय दलका नेता रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार यादव ३० हजार ३२८ मतभारका साथ उपराष्ट्रपति निर्वाचित भएका हुन् । मतदानमा यादव कांग्रेस, माओवादी,नेकपा एकीकृत समाजवादी,जनता समाजवादी पार्टी (जसपा) लगायत नौ दलीय गठबन्धनबाट उनी उम्मेदवार बनेका थिए । ३० हजार ३२८ मतभार ल्याएर यादव उपराष्ट्रपतिमा निर्वाचित हुनुभएका हुन ।

कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलको समर्थन पाएका उनलाई ३२९ प्रदेशसभा सदस्य र १८४ संघीय सांसदले मत दिएका थिए । एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यलाई १६९ प्रदेशसभा सदस्य र १०४ संघीय सांसदले मत दिएका छन् ।

जनमत पार्टीकी उम्मेदवार ममता झालाई १५ प्रदेशसभा सदस्य र २३ संघीय सांसदले मत दिए । उम्मेदवारी फिर्ताको घोषणा गरेकी प्रमिला यादवले एक प्रदेशसभा सदस्यको मत पाइन् । उपराष्ट्रपतिमा निर्वाचित ५२ वर्षिय यादवको जन्म बिसं २०२७ सालमा बारा जिल्लाको हालको सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ (तत्कालीन कथोर्वा गाबिस वडा नम्बर ८) मा भएको थियो ।

राजनीतिमा आउनु अघि यादव शिक्षक थिए । यादव २०४८ देखि २०६४ सम्म शिक्षण पेशामा रहनुभएको थियो । उनको राजनीतिक यात्रा भने २०५३ सालमा सद्भावना पार्टीबाट शुरु भएको थियो । पछि उहाँ मधेसी जनाधिकार फोरममा लाग्नुभयो र २०६४ को मधेश आन्दोलनमा सक्रिय सहभागी बनेका थिए ।

 


Thali Mobile Pvt.Ltd.