भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै |

गम्भीर ध्यानार्षणसहित विश्व हिन्दू परिषदकाे जनगणना सचेतना कार्यक्रम

गम्भीर ध्यानार्षणसहित विश्व हिन्दू परिषदकाे जनगणना सचेतना कार्यक्रम

काठमाण्डौ । विश्व हिन्दू परिषद नेपाल धनुषा जिल्ला कार्य समितिद्वारा जनगणना सचेतना कार्यक्रम सम्पन्न भएको छ । नेपाल सरकारको केन्द्रिय तथ्याङ्क विभागले प्रत्येक दश वर्षमा गर्ने राष्ट्रिय जनगणनाको बाह्रौँ शृंखला २०७८ जेष्ठ २२ देखि असार ८ गते सम्म सञ्चालन हुदैछ ।

उक्त जनगणनाका लागि तयार पारिएको फारममा धर्म जनाउने बुदाँहरुमा ‘प्रकृति पूजक’ एवं ‘अन्य’ शिर्षक भएको बुदाँ समेत समावेश गरिएको प्रति विश्व हिन्दू परिषद नेपालको गम्भीर ध्यानार्षण भएको वक्ताहरुले बताएका थिए ।

‘आउँदो जनगणनामा हिन्दूहरुको संख्या न्युन देखाउने उद्देश्यले पश्चिमा एवं हिन्दू विरोधी तत्वहरुको योजनाबद्ध षडयन्त्र अन्तर्गत जनगणना फारम तयार पारिएको तथ्य प्रष्टै देखिएको छ । यस सन्दर्भमा समय मै सचेत हुन आवश्यक भएको हुनाले विश्व हिन्दू परिषद नेपाल जिल्ला कार्य समिति धनुषाद्वारा जनगणना सचेतना कार्यक्रम आयोजना गरिएको’ परिषदले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.