भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

गाँजासहित तीन जना पक्राउ

गाँजासहित तीन जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी)ले गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । अमेरिकाबाट पार्सल भनेर आएको ७ किलो गाँजासहित बुधबार तीन जना पक्राउ परेका हुन । अमेरिकाको लस एज्जलसबाट दुबई हुँदै काठमाडौं ल्याइएको होम डेकोर वाटर फाउन्टेन एण्ड चाइल्ड गेम आइटमको पार्सलमा लुकाएर पठाएको गाँजा प्रहरीले बरामद गरेको ब्यूरोले जनाएको छ ।

पक्राउ पर्नेमा भारत गुजरातका ३० वर्षीय निमेश अशोकभाइ दयानी, सर्लाहीको हरिहरपुर नगरपालिका ३ का फैज आलम र गोरखाको गण्डकी गाउँपालिका ४ का २३ वर्षीय रुपक अर्याल रहेका छन् । अमेरिकाको क्यालिफोर्नियाबाट दुबई हुँदै आएको होम डेकोर वाटर फाउन्टेन एण्ड चाइल्ड गेम आइटम उल्लेख गरेको पार्सलमा समेत प्रहरीले २.४ किलोग्राम गाँजा भेटेको ब्यूरोले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.