गाईवस्तुमा नयाँ भाइरस, नेपालमा औषधि नभएको चिकित्सकको दावी

गाईवस्तुमा नयाँ भाइरस, नेपालमा औषधि नभएको चिकित्सकको दावी

२८ श्रावण २०७७ नवलपरासी । कोरोना भाइरस संक्रमणको महामारीको चपेटा नसकिदै गाईवस्तुमा पनि नयाँ भाइरस देखा परेको छ । पूर्वी नेपालको झापा जिल्लाबाट गाईबस्तुमा देखापरेको यो भाइरस अहिले गण्डकी प्रदेशका जिल्लाहरुमा पनि देखिएको छ ।

कास्की, तनहुँ, नवलपरासीपूर्व तथा प्रदेश ३ को चितवनमा पनि गाईवस्तुमा नयाँ भाइरस देखा परेको स्थानीयले बताएका छन् ।गाईवस्तुमा संक्रामक रोग देखापरेपछि परीक्षण गर्दा ‘लम्पी स्क्रिन डिजिज’ नामको भाइरस देखा परेको भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ डा. बालकुमार श्रेष्ठले बताए ।

के हो त लम्पी स्क्रिन ?
लम्पी स्क्रिन डिजिज खासगरी अफ्रिकामा मात्रै सीमित हुने रोग हो । यो पछि यूरोपका देशहरु हुँदै संसारका विभिन्न देशहरुमा फैलिदै गएको छ । सन् २०१२ मा मध्यपूर्वी यूरोप हुँदै एशियामा पनि प्रवेश गरेको हो । गाईवस्तुमा लाग्ने यो रोग पछिल्लो समय बंगलादेशबाट भारत हुँदै नेपालको झापा जिल्लामा पहिलो पटक देखा परेको हो । एउटा बस्तुमा लागेपछि बथानमा रहेका अन्य गाईबस्तुमा यो भाइरस सजिलै सर्ने गर्दछ ।

 


Thali Mobile Pvt.Ltd.