गाउँपालिका अध्यक्ष र पर्यटन सल्लाहकारको सरकारलाई अनुरोध

गाउँपालिका अध्यक्ष र पर्यटन सल्लाहकारको सरकारलाई अनुरोध

काठमाडौं । “पर्यटनको नयाँ गन्तव्य लिम्चुङबुङ गाउँपालिका अध्यक्ष मेजर कुमार राईले पर्यटनको माध्यमबाट संमृद्धि हासिल गर्न सकिने बताएका छन् । सामाजिक सञ्जालमा प्रधानमन्त्री तथा मन्त्रीहरुका नामा भिडियो सन्देश दिदै अध्यक्ष राइले पर्यटनका माध्यमबाट मात्रै संमृद्धि हासिल गर्न सकिने बताएका हुन ।

उनले भनेका छन् “लिम्चुङबुङ गाउँपालिका आर्थिक विकासका लागि खेल र पर्यटनको नारा लिएर अघिबढि रहेको छ । नेपाल सरकारले २०८०।८१ का लागि बजेट निर्माण सुरु गरेसंगै हरेक मन्त्रालयले अहिले योजना छनोट र बजेट निर्माणको काम गरिरहेको छ ।

यो अवसरमा यो बजेट निर्माणको पूर्वसन्ध्यामा लिम्चुङबुङ गाउँपालिकाको अध्यक्ष र लिम्चुङबुङ गाउँपालिकाबासीको तर्फबाट नेपाल सरकार, सम्माननीय प्रधानमन्त्री, आदरणीय मन्त्री ज्यूहरु, श्रीमान सचिव ज्यूहरु र समग्र देशलाई योगदान गरिदिनुहुने राष्ट्र सेवक कर्मचारी ज्यूहरुलाई म अनुरोध गर्न चाहन्छु कि लिम्चुङबुङ गाउँपालिकालाई योजना प्राथमिकतामा राखेर उचित बजेट व्यवस्थापन गरेर लिम्चुङबुङ गाउँपालिको जनताले जुन सर्मद्धिको सपना देखेको छ, खाका देखेको छ, र त्यसमा चाहिँ अहिले काम गरिरहेको छ ।

त्यसलाई सफल पार्न, निस्कर्षमा पु¥याउनको लागि पूर्वाधारमा सडक,पर्यटन,पुल, शिक्षा, स्वास्थ्य यी सबै कुराहरुमा चाहिँ सहयोग गरिदन , उचित बजेट, उचित यो जना राखेर सहयोग गरिदिनहुन सादर अुनुरोध गर्दछु । धन्यवाद”गाउँपालिका अध्यक्ष र पर्यटन सल्लाहकारको सरकारलाई अनुरोध

बजेट निर्माणको पूर्वसन्ध्यामा अध्यक्ष राईले भिडियो सन्देशमा जेरोदेखि हिरो बन्दै गरेको लिम्चुङबुङ गाउँपालिकालाई प्राथमिकतामा राख्न उनले अनुरोध गरेका छन् ।

यता लिम्चुङबुङ गाउँपालिका पर्यटन सल्लाहकार रामसुन्दर बकेले पर्यटन मार्फत समृद्धि हासिल गर्न निरन्तर लागिरहेको गाउँपालिकाको विकासमा आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने बताए । उनले “जे पाक्छ त्यहि बिक्छ” अभियानलाई पर्यटनको नयाँ गन्तव्य लिम्चुङबुङ गाउँपालिकाले आफ्नो लेटरहेडमा नै ‘पर्यटनको नयाँ गन्तव्य’ लेख्नेकोमा खुशी व्यक्त गरे ।गाउँपालिका अध्यक्ष र पर्यटन सल्लाहकारको सरकारलाई अनुरोध

उनले लिम्चुङबुङ गाउँपालिकाले लेटरहेडमा ‘पर्यटनको नयाँ गन्तव्य’ लेख्दा आफ्नो “जे पाक्छ त्यही बिक्छ” अभियान र गाउँ–गाउँमा होमस्टे घर–घरमा रोजगार भन्ने नाराले सार्थकता पाएको तर्क गरे । बजेट निर्माण गर्दा सरकारले “जेरो देखि हिरो” बन्दै गरेको लिम्चुङबुङ गाउँपालिका जस्ता पालिकाहरुलाई प्राथमिकतामा राख्नु पर्ने बकेको भनाई छ । भिडियाे हेर्नुहाेस्

 

 


Thali Mobile Pvt.Ltd.