उदयपुर । ताप्ली गाउँपालिकाको कार्यालयमा बम बिस्फोट भएको छ। गए राति कार्यालयको बरन्डामा रहेको सहायता कक्षमा बम बिस्फोट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक भीम दाहालले बताए ।
रूपाटारस्थित गाउँपालिका कार्यालयको बरन्डामा बम बिस्फोट भएको हो । घटनाको जिम्मेवारी कसैले लिएको छैन । ‘बिस्फोटनबाट टेबल, कुर्सीमा क्षति पुगेको छ ।
