भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सुत्केरीको मृत्यु भएपछि अस्पतालमा तोडफोड

सुत्केरीको मृत्यु भएपछि अस्पतालमा तोडफोड

लाहन । चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै सिराहाको लहानस्थित एक अस्पतालमा तोडफोड गरिएको छ । सिरहाको सुखीपुर नगरपालिका–९ वैशाखा निवासी २७ वर्षीया आरती साहको शल्यक्रिया गर्ने क्रममा मृत्यु भएपछि मृतकका आफन्तले लहानस्थित डिभाइन हेल्थ केयरमा आज तोडफोड गरेका हुन् ।चिकित्कसकै लापरबाहीले आरतीको मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पतालमा तोडफोड गर्नुका साथै पूर्वपश्चिम राजमार्गसमेत अवरुद्ध गरेका छन् । आरतीलाई सुत्केरी व्यथा लागेपछि प्रसूति गराउन शनिबार साँझ सो अस्पताल भर्ना गरिएको थियो ।

शल्यक्रियाका क्रममा आरतीको मृत्यु भएपछि चिकित्सकसहित अस्पतालका सञ्चालक र अन्य कर्मचारीसमेत फरार भएका छन् । सुत्केरीको मृत्यु भए पनि जन्मिएको शिशु भने सकुशल रहेको र त्यो अस्पतालबाट शिशुलाई सप्तऋषि अस्पताल लगिएको छ । लापरवाही गर्ने चिकित्सक तथा अस्पताललाई कारबाहीको माग गर्दै आफन्तजनले आरतीको शवसमेत शल्यक्रिया कक्षबाट उठाउन दिएका छैनन् । लापरबाही गर्ने चिकित्सकलाई कारबाही नगरेसम्म शव नउठाउने मृतकका श्रीमान् प्रमोद साहले बताउनुभयो । चिकित्सककै लापरबाहीका कारण आरतीको मृत्यु भएको भन्दै दोषीमाथि कारबाही नभए शव नउठाउने मृतक परिवारको भनाइ छ । यता घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी दिनुभयो । रासस

 


Thali Mobile Pvt.Ltd.