भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

गिरी नेतृत्वमै लुम्बिनी सरकार बनाउने तयारी

गिरी नेतृत्वमै लुम्बिनी सरकार बनाउने तयारी

बुटवल । लुम्बिनी प्रदेशमा लीला गिरीको नेतृत्वमा सरकार बनाउने तयारी एमालले थालेको छ ।
प्रदेश सभाबाट विश्वासको मत नपाएपनि नेकपा एमालेले संविधानको धारा १६८ को उपधारा २ अनुसार फेरि एमालेका लुम्बिनी प्रदेश प्रमुख सचेतक तुलसी चौधरीले अब धारा ३ अनुसार ठुलो दलको हैसियतमा फेरि लीला गिरीकै नेतृत्वमा सरकार बनाउने तयारी गरेको हो ।

एमालेले नयाँ सरकार गठन गरेर पुन एक महिनाभित्र विश्वासको मत लिन नसेकोको अवस्थामा मात्रै धारा ३ जानुपर्ने जनाएको छ । लुम्बिनी प्रदेशमा सोमबार भएको मतदानमा मुख्यमन्त्री लीला गिरीको पक्षमा ३३ मत र विपक्षमा ५३ मत परेको थियो । लुम्बिनी प्रदेशसभाको उक्त मतको परिमाण प्रदेशप्रमुख अमिक शेरचनलाई बुझाउने तयारी रहेको छ ।

लुम्बिनी प्रदेशमा एमालेको २९, नेपाली काँग्रेसको २७, माओवादीको १०, राप्रपा ४, नागरिक उन्मुक्ति पार्टी ४, जनमत पार्टी ३, जनता समाजवादी पार्टी ३, लोकतान्त्रिक समाजवादी पार्टी ३ स्वतन्त्र २, जनमोर्चा १, नेकपा एकीकृत समाजवादी १ रहेका छन् । प्रदेश प्रमुख कार्यालयले अव नयाँ सरकार गठनका लागि कुन धारा अन्र्तगत आह्न गर्ने भन्ने खुलाएको छैन ।

 


Thali Mobile Pvt.Ltd.