भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

तीन वटै निर्वाचन क्षेत्रमा धमाधम मतगणना

तीन वटै निर्वाचन क्षेत्रमा धमाधम मतगणना

काठमाडौँ । बारा–२, चितवन–२ र तनहुँ १ मा धमाधम मतगणना भइरहेको छ । आइतबार उपनिर्वाचन सम्पन्न बारा–२, चितवन–२ र तनहुँ १ मा धमाधम मतगणना भइरहेको छ । तनहुँ १ मा गएरातिदेखि नै मतगणना भइरहेको छ भने बारा २ र चितवन २ मा सोमबार दिउँसोदेखि मतगणना सुरु भएको छ ।

बारा २ मा जसपाका उम्मेदवार उपेन्द्र यादवले प्रारम्भिक अग्रता बनाएका छन् । उनलाई जनमत पार्टीका शिवचन्द्र कुशवाहाले पछ्याउँदा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेल र रास्वपाका रमेश खरेल पछि रहेका छन् । बारा २ मा ३४ जना उम्मेदवार छन् ।

यस्तै चितवन २ मा रास्वपाका पनि केहीबेर अघिदेखि मतगणना सुरु भएको छ । चितवनमा रास्वपाका सभापति रवि लामिछाने, कांग्रेसका जीतनारायण श्रेष्ठ र एमालेका रामप्रसाद न्यौपानेसहित २२ जना उम्मेदवार छन् ।

मतगणना सुरु भएदेखि नै तनहुँमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता बनाइरहेका छन् । उनलाई कांग्रेसका गोविन्द भट्टराईले पछ्याएपछि मतान्तर धेरै छ । यस्तै एमालेका उम्मेदवार सर्वेन्द्र खनाल तेस्रो स्थानमा रहँदा अन्य उम्मेदवारले उल्लेखनीय मत पाउन सकेका छैन ।

 

 


Thali Mobile Pvt.Ltd.