भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

गुण्डागर्दीका लागि बिहार भारतकै कुख्यात राज्य,गोली प्रहारबाट २ जनाको मृत्यु

गुण्डागर्दीका लागि बिहार भारतकै कुख्यात राज्य,गोली प्रहारबाट २ जनाको मृत्यु

एजेन्सी । भारतको बिहारमा गोली प्रहार हुँदा २ जनाको मृत्यु भएको छ भने ६ घाइते भएका छन् । भारतीय राज्य विहारको राजधानी पट्नामा गाडी पार्किङको विवादमा अन्धाधुन्ध गोली प्रहार हुँदा दुई जनाको मृत्यु भएको हो ।

सडकमा गिट्टी नखसाल्न भन्दै स्थानीयले विरोध गर्दा उेमश रायका गुण्डाहरुले भीडमा अन्धाधुन्ध गोली प्रहार गर्दा दुई जनाको घटना स्थलमै मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । गोली लागेका मध्ये ३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

गोली प्रहारका कारण ६ जना घाइते भएका हुन् । पट्नाको जेठुलीको सडकमा उमेश राय नामक एक व्यक्तिले ट्याक्टरबाट गिट्टी खसालेका कारण पार्किङमा समस्या भएपछि भएको विवादले उग्र रुप लिएको हो ।

गोली चलाउन आदेश दिने उमेश राय राजनीतिक पार्टीहरुसँग निकट सम्बन्ध राख्ने गुण्डा भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । राजनीतिक पहुँचका आधारमा हुने गुण्डागर्दीका लागि बिहार भारतकै कुख्यात राज्य हो ।

अन्धाधुन्ध गोलीकाण्डपछि आक्रोशित स्थानीयहरुले आरोपी उमेश राय र राय निकटका व्यक्तिहरुका घरहरुमा आगो लगाएका छन् । साथै उनीहरुका घरमा रहेका गाडीमा पनि आगो लगाएका हुन् ।

 


Thali Mobile Pvt.Ltd.