स्वदेशी लगानी, स्वदेशी उत्पादनमा जोड् दिदै नेपाल उद्योग व्यापार महासंघ दोलखा भेला सम्पन्न

स्वदेशी लगानी, स्वदेशी उत्पादनमा जोड् दिदै नेपाल उद्योग व्यापार महासंघ दोलखा भेला सम्पन्न

दोलखा । स्वदेशी लगानी, स्वदेशी उत्पादनमा जोड् दिदै नेपाल उद्योग व्यापार महासंघ दोलखाको दोस्रो भेला सम्पन्न भएको छ । चरिकोटमा सम्पन्न भेलाले १३ सदस्यीय नयाँ समिति चयन गरेको छ ।

भेलाको उद्घाटन सत्रमा बोल्दै नेकपा (माओवादी केन्द्र) नेता तथा प्रतिनिधिसभा सदस्य गंगा कार्कीले उद्योगी व्यापारीहरुले अबको राजनीतिलाई सहि ट्रयाकमा ल्याउन पहल गर्नु पर्ने बताए ।

पार्टीको दरिलो पिलर बनेर उत्पादन मुलक काम गर्नु पर्ने निर्देशन दिए । जिल्ला भेलाबाट आउने नयाँ नेतृत्व आफु पनि अनुशासनमा बस्ने र संगठनलाई पनि दिशानिर्देश गर्ने कुरामा जोड दिनु पर्ने विशिष्ट अतिथी संगठनका केन्द्रीय अध्यक्ष खिम भण्डारीले नेपालको उत्पादन नेपालमै खपत गर्नु पर्ने बताए ।

विदेशी आयातलाई निरुत्साहित पारेर युवालाई स्वरोजगारमा जोड्न पहल गर्नु पर्ने बताए । देशभर उद्योगी व्यापारीहरुले साना साना व्यापारीलाई संगठित गर्दै स्वदेशी उत्पादनमा जोड दिनु पर्ने बताए ।

भिडियो….

भेलामा नेपाल उद्योग व्यापार महासंघ बागमती प्रदेश अध्यक्ष दिल बहादुर महर्जनले आन्तरिक अर्थतन्त्र बलियो बनाउन सबै युवालाई व्यवसायमा जोड्नु पर्ने बताए । अब राष्ट्रलाई आत्मनिर्भर बनाएर लैजान राज्यले पनि उद्योगी व्यापारीहरुलाई ढाडसेक्ने गरी कर असुल्नु भन्दा उनीहरुको पीडामा मलहम लगाउन आग्रह गरे ।

भेलामा विशेष अतिथि एवं पर्यटन व्यवसायी तथा नेपाल उद्योग व्यापार महासंघ बागमती प्रदेश सचिवालय सदस्य राम सुन्दर बकेले अब नेपालको सम्वृद्धि पर्यटनबाट मात्र सम्भव हुने बताए । जे पाक्छ, त्यही बिक्छ । गाउँ गाउँमा होमस्टे घरघरमा रोजगार भन्ने अभियान थालेर सातै प्रदेशका युवालाई रोजगारीमा जोड्नु पर्ने बताए ।

यस्तै कार्यक्रममा मोहनबहादुर कार्की, सूर्यकुमार खड्का, विनोद जिरेल, भिम विश्वकर्मा, कुलबहादुर बुढाथोकी, नेपाली काँग्रेसका सुदर्शन कार्की, उवासंघ दोलखाका दिनेश बस्नेत, बुज्रराम घतानीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । उक्त

भेलाले जिल्ला पदाधिकारी चयन गरेको छ । जसको अध्यक्षमा गणेश श्रेष्ठ, उपाअध्यक्षमा जगदिश शिवाकोरी, सचिवमा खङ्‌ग कुमार नेपाली, सह–सचिवमा पासाङ शेर्पा, कोषाध्यक्षमा सविता जिरेल र सदस्यहरूमा विष्णु कुमार कार्की, उदत सुवेदी, राजकुमार दास, रमेश जिरेल, सिता पाण्डे, गजेन्द्र पाण्डे, फूर्वा रेन्जी शेर्पा, पुनम केसी रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.