भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

गेटा मेडिकल कलेजः सुदूरपश्चिमवासी ‘फायर’

गेटा मेडिकल कलेजः सुदूरपश्चिमवासी ‘फायर’

कैलाली । गेटामा मेडिकल कलेज बनाउने भनेर भौतिक संरचना बनाइयो । तर दुविधा उत्पन्न गराइएपछि हाल अन्योल र आक्रोश पैदा भएको छ ।

माघ २९ गते प्रधामन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने निर्णय गर्यो । सो निर्णयको सुदूरपश्चिमबासीले स्वागत गरे ।

तर, त्यही निर्णय हालैको बजेट भाषणको क्रममा नपरेपछि सरकारको चर्को आलोचना भएको छ । बजेट भाषणमा प्रतिष्ठान चलाउन बजेटको व्यवस्था गरिने कुरा उल्लेख छ ।

तर गेटामा ६ सय शय्याको अस्पताल चलाउन भौतिक पूर्वाधार तयार भए पनि सय शय्याको अस्पताल चलाउन बजेट आउने भएको छ । गेटामा विश्वविद्यालय चलाउने निर्णयबाट सरकारपछि हटेको भन्दै सुदूरपश्चिमका सांसदहरूको आलोचना हुन थालेको छ ।

स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गरे सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन भइ कोशेढुंगा सावित हुने आशा गरिएको छ ।

तर सरकारको बजेट भाषणले सुदुरपश्चिमबासीमा निराशा छाएको छ ।

 


Thali Mobile Pvt.Ltd.