भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु | विनाशकारी बाढीमा हाइड्रो इन्जिनियर सत्यसुन्दर प्रजापतिको मृत्यु, धादिङमा २१ शव फेला | रसुवा बाढीको कहर : आठ जिल्लामा भेटियो २८९ जनाको शव | विपद्पछि एकजुट भए राजनीतिक दल, उद्धारदेखि पुनर्निर्माणसम्म सरकारलाई सहयोग गर्ने प्रतिबद्धता | हिमपहिरोपछि आएको बाढीले नेपाल–चीन दुवैतर्फ ठूलो क्षति, सयौँ बेपत्ता | १६ सय विद्यार्थीको ज्यान जोगाउने १५ मिनेटको निर्णय, विद्यालय नै बगरमा परिणत |

राष्ट्रपति रामचन्द्रको पुत्ला दहन

राष्ट्रपति रामचन्द्रको पुत्ला दहन

सिन्धुली । नागरिकता विद्येयक प्रमाणिकरणको विरुद्धमा युवा विद्यार्थीले मसाल जुलुससंगै पुत्ला दहन गरेका छन । युवा विद्यार्थीले राष्ट्रपति रामचन्द्र पौडलको पुत्ला दहन गरेका हुन ।

एमाले समर्थक युवा तथा विद्यार्थीले सिन्धुलीमाढीमा प्रदर्शन गर्दै सरकारलाई लेन्डुपको संज्ञा दिएका छन् । जुलुस जुनारचोकमा आएर सकिएको थियो । जुनार चोकमा आई युवा विद्यार्थीले नागरिकता विद्येयक राष्ट्रघाती भएकाले प्रमाणीकरण खारेज गर्न माग गरेका छन् ।

नेपालको भूमिमाथि पटक पटक प्रहार भएको भन्दै युवा विद्यार्थीले ‘अखण्ड भारतको भन्दा ग्रेटर नेपालको प्रमाण धेरै छ, प्रस्ट बुझे जनताले देश बेच्ने गद्धार को रहेछ ?’ भन्ने नारा समेत लगाए ।

राष्ट्रपति रामचन्द्र पौडेललाई कलंकको साझेदार रहेको भन्दै विरोध गरेका उनीहरुले नागरिकता विद्येयकको खारेजी, कालापानी लिपुलेकको नेपालको नक्सामा समेटिएको जमिन फिर्ता र अखण्ड भारतको नक्सामा नेपालको भूगोल हटाउन पहल गर्न माग गरेका छन् ।

भारतीयलाई नागरिकता उपहार, देश वेच्ने गद्दार, सरकार विदेशी प्रभुसँग लम्पसार, चुच्चे नक्साको जमिन खोई मोदीसँग बोल्छौ कोही ? लगाएतका नाराबाजी गरेका थिए ।

राष्ट्रविरुद्धको धावा बोलीरहदा टुलुटुलु हेरेर नबस्ने भन्दै उनीहरुले राष्ट्रियता विरोधी नागरिकता विद्येयकमा प्रमाणिकरण हुनुले देश विरुद्धको काम हुदै गएको हो की भन्ने शंका गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.