भर्खरै : Sorry, your browser does not support inline SVG.
कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा | काठमाडौँका होटेल–रेस्टुरेन्टमा जथाभाबी हुक्का र चुरोट पिउन रोक, उल्लङ्घन गरे कडा कारबाही | घुस लिएको आरोपमा भेटेरिनरी अस्पतालका प्रमुख र चालकविरुद्ध भ्रष्टाचार मुद्दा | ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन | राष्ट्रिय कृषि नीति २०८३ जारी, किसानको आयवृद्धिदेखि कृषि उत्पादनको ‘ब्रान्डिङ’ सम्म प्राथमिकता | मन्त्रिपरिषद्का निर्णय : लगानी बोर्डमा याङ्की उक्याब सीईओ, सुनसरी–सिरहा घटनाका पीडितलाई राहत | सितामढीबाट पक्राउ परेका सर्लाहीका दुई किसान रिहा | रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु |

गोकुल बाँस्कोटाको घरमा बम विस्फोट

गोकुल बाँस्कोटाको घरमा बम विस्फोट

भक्तपुर । पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फोट भएको छ । मध्यपुर ठिमी नगरपालिका(१ मनोहरा फाँटमा रहेको बाँस्कोटाको घरमा प्रेसर कुकर बम विस्फोट भएको हो । बाँस्कोटाको निर्माणाधीन घर परिसरमा राखेको मारुती भ्यान पनि क्षतिग्रस्त छ ।

बम विस्फोटबाट कुबेर केसी र कपिल घिमिरेको घरमा पनि क्षति पुगेको छ । बुधबार बिहानै प्रहरीको गस्ती नभएको समयमा बम विस्फोट भएको हो । बम विस्फोट कस्ले गराएकाे हाे ? अहिलेसम्म केही खुल्न सकेको छैन ।

बाँस्कोटाले स्वीस कम्पनीका एजेन्ट भनिने विजयप्रकाश मिश्रसँग ७० करोड रुपैयाँ कमिशनकाण्डमा मुछिएपछि राजीनामा दिएका थिए । कमिशन मागेकाे अडियाे सार्वजनिक भए पछि बाँस्काेटाले राजिनामा दिएका थिए ।

 


Thali Mobile Pvt.Ltd.