भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

गौर हत्याकाण्डमा उपेन्द्र यादव तानिने

गौर हत्याकाण्डमा उपेन्द्र यादव तानिने

काठमाडौं । १७ वर्ष पहिले रौतहटको गौरमा भएको हत्या प्रकरण फेरि विवादमा आएको छ । पीडितसँग सरकारले न्यायको प्रतिबद्धतासहित सहमति गरेपछि जनता समाजवादी पार्टी तरङ्गित बन्न पुगेको छ ।

माओवादी केन्द्रमा लामो समय राजनीति गरेर छुट्टै पार्टी खोलेका आम जनता पार्टीका अध्यक्ष प्रभु साह यतिबेला गौर प्रकरणलाई चर्काउदै लग्ने पात्रमा पर्छन् । जसपा अध्यक्ष उपेन्द्र यादवलाई फसाएर आफ्नो राजनीति अघि बढाउने योजनामा साह छन् ।

२७ माओवादी नेता कार्यकर्ताको पाशविक ढंगले गरिएको हत्याको छानविन सरकारले नगरेको भन्दै पीडितहरु आन्दोलनमा थिए । तर, पुष्पकमल दाहाल ’प्रचण्ड’ ले १७ वर्षपछि यो प्रकरणमा अनुसन्धान गर्ने प्रतिबद्धतासहित सहमति त गराए ।

तर, के अनुसन्धान संभव होला ? प्रश्न गर्न थालिएको छ । सरकारले पीडितसँग सहमति गरेपछि जनता समाजवादी पार्टी भने त्रसित बन्न पुगेको छ । जसपाले पत्रकार सम्मेलन नै गरेर सरकारले चालेको कदमले गम्भीर समस्या निम्त्याउने भन्दै चेतावनी नै दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.