भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

एमाले अध्यक्ष ओलीले मागे प्रधानमन्त्री दाहालको राजीनामा

एमाले अध्यक्ष ओलीले मागे प्रधानमन्त्री दाहालको राजीनामा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले राजीनामा माग गरेका छन् । अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाल आफैँले पदबाट राजीनामा दिनुपर्ने
आइतबार पार्टी केन्द्रिय कार्यालयमा च्यासलमा आयोजित पत्रकार सम्मेलनमा माग गरेका हुन । अध्यक्ष ओलीले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतले राजीनामा नगरेर पदमा बसिरहेको देख्दा आफू आश्चर्यमा परेको बताए ।

सरकार अयोग्य र भ्रष्टताको चाङमा उभिएको भन्दै अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाललाई पदमा बसिरहने नैतिक आधार नभएको बताए । २ साउनमा काठमाडौं सिनामंगलबाट बरामद सुनको विषयमा एमालेले उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएको छ । एमालले गृहमन्त्री र अर्थमन्त्रीमाथि पनि आशंका रहेको भन्दै उच्चस्तरीय छानबिन समिति गठनको माग गरेको हो ।

अध्यक्ष ओलीले छानबिन समितिमा एमालेका मान्छे राख्न नभई देशलाई रित्याउनबाट जोगाउन न्यायिक आयोग बन्नुपर्ने जिकिर गरे । सरकारले विरोधलाई मत्थर पार्न सांसद सुनील शर्मालाई नक्कली प्रमाणपत्रको पुरानो मुद्दामा गिरफ्तार गरेको समेत उनले दाबी गरे ।

 


Thali Mobile Pvt.Ltd.