भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

गौशाला बजारमा ठगिँदै उपभोक्ता

गौशाला बजारमा ठगिँदै उपभोक्ता

काठमाडौं । अनुगनमा सम्बन्धित पक्षबाट कुनै ठोस पहल हुन नसक्दा चाडपर्वको मुखैमा ग्राहक व्यापारीबाट प्रत्यक्ष रूपमा ठगीदै आएको उपभोक्ताले बताएका छन् । गौशाला बजारमा विना म्याद भएको पाउरोटी फेला परेको अनुगमन समितिले पछिल्लो समय ध्यान दिन सकेको छैन ।

मानव जीवनको स्वास्थ्यलाई प्रत्यक्ष असर पार्ने किसिमको गुणस्तरहीन, म्याद नाघेको खाद्य सामग्रीहरू खुलेआम बिक्री हुँदा समेत स्थानीय सरकार मौन हुनुले विषय थप रहस्यमय बन्दै गएको छ। बजारमा उपभोक्ता ठगिएको गुनासो आएपछि सम्बन्धित निकायमा ध्यानाकर्षण गराउँदै आएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रन्जन मिश्रले बताए ।

प्रहरी निरीक्षक मिश्रका अनुसार चाडपर्वको बजार भएकाले ग्राहकहरू स्वाभाविक रूपमै ठगिँदै आएका छन् । आफूले चाहेर पनि कारवाही गर्न सक्ने अवस्था नरहेको प्रहरी निरीक्षक मिश्रको भनाइ छ । नगर सरकारको मातहतमा बजार अनुगमन हुन्छ ।

यस सम्बन्धमा गौशाला नगरपालिकाका मेयर डा. दिपेन्द्र महतोले अनुगमनको सूचना लिक भएपछि बजार अनुगमन अन्तिम समयमा आएर रोकिएको बताए ।