भर्खरै : Sorry, your browser does not support inline SVG.

केकीको इन्ट्री भएपछि नम्रता आउट

केकीको इन्ट्री भएपछि नम्रता आउट

काठमाडौंः फिल्म ‘प्रसाद २’ मा अभिनेत्री केकी अधिकारीको इन्ट्री भएपछि नम्रता श्रेष्ठ बाहिरिएकि छन् । निर्माण टिमले अभिनेत्रीको लागि केकीसँग सम्झौता गरेको छ । फिल्ममा काम गर्ने फाइनल भएको केकीले बताइन् ।

सुदर्शन थापा निर्देशित यस फिल्ममा अब विपिन र केकीका साथै अर्पण थापा र राज कटुवालको अभिनय रहनेछ। फिल्म छायाङ्कनको लागि टिम बागलुङको भकुण्डे र कास्कीको ल्वाङ गाउँ पुगेको थियो।

तर, छायाङ्कन सुरु हुनुअघि पारिश्रमिकको विषयमा विपिन कार्की र निर्माताबिच विवाद भएपछि सुटिङ रोकिन पुग्यो। विवाद टुंगिएपछि विपिन काम गर्न तयार भएपनि नम्रताले भने आफू व्यस्त भन्दै फिल्मबाट हात झिकेकि छन्।

 


Thali Mobile Pvt.Ltd.