अमेरिका । न्युजर्सीका एक परिवारले आफ्नो घरको छतमा उल्का पिण्ड ठोक्किएपनि सबै सुरक्षित रहेको बताएका छन् । उल्का पिण्ड घरको छानामा ठोक्किएको थियो ।
चार इन्च लामो र ६ इन्च चौडाईको उक्त उल्का पिण्ड घरको छत र सिलिंगहुँदै भुइँमा खसेको थियो । क्षतिग्रस्त र फुटेको भुइँको छेउमा उल्कापिण्ड देखाएको छ।
घरमा बस्ने सुजी कोपले उल्कापिण्ड उनको बुबाको सुत्ने कोठामा खसेको बताइन । तर घरमा कोही नभएकोले क्षेती हुनबाट बचेको बताइन् ।
कोठामा भग्नावशेषको बीचमा उल्कापिण्ड भेटिएपनि सुरुमा घरमा बस्नेहरुले यो कसैले फ्याँकेको ढुंगा हो भन्ने ठानेका थिए ।
तर छाम्दा यो तातो भएकाले आपतकालिन उद्दारकर्ताले आएर वस्तुबाट कुनै दीर्घकालिन प्रभाव भए नभएको जाँच गरेका थिए ।
प्रहरीले यो बस्तुलाई मध्य अप्रिलदेखि मेको अन्तिमसम्म चलिरहेको उल्का वर्षासँग जोड्न सकिने बताएको छ । थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
