आगो निभाउन गएका तीन जनाको जलेर मृत्यु

आगो निभाउन गएका तीन जनाको जलेर मृत्यु

अर्घाखाँची । भूमिकास्थान नगरपालिकाको एक घरमा लागेको आगो निभाउने क्रममा जलेर तीन जनाको मृत्यु भएको छ ।

मंगललबार दिउँसो तिरतिरे खोलागाउँका पदम बेल्वासेको घरमा लागेको आगो निभाउने क्रममा पाँच जना घाइते भएका छन् ।

घाइतेमध्ये तिरतिरेका ७२ वर्षीय पीताम्बर बेल्वासे, ५५ वर्षीय पदम बेल्वासे र ५२ वर्षीय घनश्याम बेल्वासेको मृत्यु भएको हो ।

पीताम्बरको उपचारका लागि लैजाँदै गर्दा पाल्पाको रामपुरमा मृत्यु भएको हो । पदमको अस्पताल लैजाँदै गर्दा चितवनको नारायणघाट नजिक पुग्दा मृत्यु भएको हो ।

घनश्यामको उपचारका लागि काठमाडौँको कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए ।

आगलागीमा परी २६ वर्षीया अस्मिता बेल्वासे र ३६ वर्षीय माधव बेल्वासे घाइते भएका छन् । माधवको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.