भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

चाडपर्व लक्षित सहुलियतपूर्ण पसल २१ असोजदेखि सञ्चालन

चाडपर्व लक्षित सहुलियतपूर्ण पसल २१ असोजदेखि सञ्चालन

काठमाडौं । सरकारले दशैं, तिहार र छठ पर्व लक्षित सहुलियतपूर्ण पसल २१ असोजदेखि सञ्चालन गर्ने जनाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मंगलबार बसेको बैठकले असोज २१ गतेदेखि मंसिर ३ गतेसम्म सहुलियतपूर्ण पसल सञ्चालन गर्ने निर्णय गरेको हो ।

यस्ता पसलमा उपभोक्ताले ५० रुपैयाँसम्म छुट पाउने बताइएको छ । सहुलियत पसलमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ, दुग्ध विकास संस्थान लगायतले खाद्यान्न, तेल, दाल, गेडागुडी सहुलियतपूर्ण मूल्यमा उपलब्ध गराउन मन्त्रालयले निर्देशन दिएको छ ।

काठमाडौंको थापाथली, रामशाहपथ ललितपुरको नख्खु, भक्तपुरको सूर्यविनायक गरी ४ स्थानमा सहुलियत पसल सञ्चालन हुने भएका छन् ।

उपत्यका बाहिर मोरङ, झापा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुंगा, खोटाङ, सिरहा, जनकपुर, पर्सा, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, तनहुँ, गोरखा, मनाङ, मुस्ताङ, रुपन्देही, बाँके, दाङ, बर्दिया, रुकुम पूर्व र रुकुम पश्चिममा खाद्य व्यवस्था कम्पनीले सहुलियत पसल सञ्चालन गर्ने जनाएको छ ।

त्यस्तै, रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालीकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डंडेलधुरा, बाजुरा, बझाङ, अछाम, दार्चुला, महेन्द्रनगर गरी ४२ जिल्लाका ४८ स्थानमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सहुलियतपूर्ण स्टल रहने भएका छन् ।

 


Thali Mobile Pvt.Ltd.