भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

चिनियाँसँग विवाह गर्ने भन्दै मानव तस्करी, एक महिला पक्राउ

चिनियाँसँग विवाह गर्ने भन्दै मानव तस्करी, एक महिला पक्राउ

काठमाडौं । चीनमा मानव तस्करी तथा बेचबिखन गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–१ जोगिदह घर भएकी ३१ वर्षीया सुन्दरी राई छिन् । विवाहको बाहनामा मानव तस्करी गरेको आरोपमा मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो ।

उनले चिनियाँ केटासँग विवाह गरेर चीन आउन भन्दै पीडित महिलालाई सामाजिक सञ्जालमार्फत प्रस्ताव गरेरविश्वास दिलाउन आफू समेत चिनियाँ केटासँग विवाह गरेर चीन आएको बताएकी थिइन् । त्यसपछि पीडित महिलालाई ठमेलमा उनले चिनियाँ केटासँग समेत भेट गराएको पाइएको ब्यूरोका प्रवक्ता एसपी गौतम मिश्रले जानकारी दिए । महिलालाई झुक्याएर १० फागुन २०८० मा चीन पुर्‍याएको खुल्न उनले बताए ।

चिनियाँ नागरिकले उनलाई घरमै बन्धक बनाएर शारीरिक र मानसिक यातना दिँदै यौन शोषण समेत गरेको पीडितको भनाइ छ । त्यसपछि चीनस्थित नेपाली दूतावासको समन्वयमा उनी ९ असारमा नेपाल फर्केर ब्यूरोमा जाहेरी दिएकी थिइन् । यस घटनामा चिनियाँ नागरिक समेत संलग्न रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.