भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

राजदूत नियुक्तिलाई गम्भीरताका साथ लिइयोस्ः एनपी साउद

राजदूत नियुक्तिलाई गम्भीरताका साथ लिइयोस्ः एनपी साउद

काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउदले राजदूत नियुक्तिलाई गम्भीरताका साथ लिन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको विशेष समयमा बोल्दै साउदले राजदूत नियुक्तिलाई गम्भीरताका साथ लिन सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले राजदूत फिर्ताको निर्णय फिर्ता लिन माग समेत गरे ।

राजनीतिक भागबण्डाका आधारमा राजदूत नियुक्त गर्ने र दलहरूले आवेदन नै निकाल्ने जस्ता कामले राजदूत नियुक्तिमा प्रश्न उठ्ने भन्दै सरकारले कुनै जानकारी नदिइ राजदूत फिर्ता बोलाउनुले कूटनीतिक र अन्तर्राष्ट्रिय क्षेत्रमा विश्वसनीयता घटेको उनले बताए ।

त्यस्तै उनले बीआरआईमा अनुदानलाई स्वीकार गर्नुपर्ने भन्दै बजारको सुनिश्चितता नभएसम्म ठूला परियोजनाहरूलाई ऋणका आधारमा अघि बढाउन नहुने धारणा राखे ।

 

 


Thali Mobile Pvt.Ltd.