भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

‘चीनसंग निहुँ खोज्दै अमेरिका’

‘चीनसंग निहुँ खोज्दै अमेरिका’

काठमाडौं । चीनको सैन्य युद्धपोतबाट सैन्य ग्रेडको लेजर प्रहार भएको अमेरिकी जलसेनाले आरोप लगाएको छ । गत हप्ता भएको यस घटनालाई अमेरिकी जलसेनाले ‘असुरक्षीत र अव्यवसायिक’ को संज्ञा समेत दिएको छ ।

बिहीबार एक वक्तव्य जारी गर्दै अमेरिकी जलसेनाले आफ्नो पी–८ सर्भेलेन्स विमानमाथि लेजर खसाएको आरोप लगाएको हो । ‘जनगणतन्त्र चीनको नेभी डिस्ट्रोयरको हर्कत असुरक्षीत र अव्यवसायिक थियो,’ अमेरिकी जल सेनाले आफ्नो वक्तव्यमा भनेको छ ।

सैन्य ग्रेडको लेजर बिमले शक्तिशाली प्रकाशको सृजना गरेर लामो दुरीसम्मको यात्रा गर्न सक्ने र यसले विमानको ककपिटलाई उज्यालो बनाएर पाइलटलाई केही बेर ‘दृष्टिविहीन’ बनाइदिने जानकारहरु बताउछन् । अमेरिकाले औपचारिक कुटनीतिक विरोध ‘डिमार्के’ पनि जारी गर्न सक्ने रक्षा मन्त्रालयले जनाएको छ ।

सन् २०१८ मा जिवुटीमा अमेरिकी सी–१३०जे विमानमा यस्तै घटना भएको र सो घटनामा अमेरिकाले कुटनीतिक विरोध जनाएको थियो । साउथ चाइना सीमा अमेरिका र चीनबीच लामो समयदेखि तनाव चलिरहेको छ । यो घटनामा संलग्नताका बारेमा चीनको धारणा सार्वजनिक भएको छैन । चीनसंग अमेरिकाले निहुँ खोजिरहेको विष्लेशकहरुले बताएका छन् ।