भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

चोरीका मोटरसाइकलसहित दुई जना पक्राउ

चोरीका मोटरसाइकलसहित दुई जना पक्राउ

काठमाडौं । मोटरसाइकल चोरीमा संलग्न दुई जना पक्राउ परेका छन । काठमाडौँ महानगरपालिका १६ बालाजु स्थित चप्पल कारखानाबाट हिजो मंगलबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा नुवाकोटको सुर्यगढी गाउँपालिका २ घर भइ हाल काठमाडौँको लोलाङ बस्ने ४५ वर्षीय दिपेन्द्र तामाङ र नुवाकोटकै लिखु गाउँपालिका २ घर भइ काठमाडौँको बाइपास बस्ने २८ वर्षीय सन्तोष घले रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

गत जेठ २ गते काठमाडौँको मनमैजुबाट बागमती प्रदेश ०२–०२७ प ७५ ८० नम्बरको र गत जेठ २९ गते काठमाडौँकै टोखा नगरपालिका १ झोरबाट बागमती प्रदेश ०२–०२२ प ४४ ५४ नम्बरको २ सय २० सिसिको पल्सर मोटरसाइकल हराएको भनी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन परेको थियो ।

उक्त मोटरसाइकलहरू खोज्दै जाने क्रममा वास्तविक नम्बर परिवर्तन गरि प्रदेश ३–०२–००७ प ३३९९ नम्बर राखी चलाइरहेको अवस्थामा दिपेन्द्र तामाङलाई र बागमती प्रदेश ०२–०१८ प ०००८ नम्बर राखि चलाइरहेको अवस्थामा सन्तोष घलेलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पीडित सहायता इकाईबाट खटिएको टोलीले मोटरसाइकल सहित फेला पारी नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा आएका तामाङलाई प्रहरी वृत्त बालाजु र घलेलाई प्रहरी वृत्त महाराजगंजमा थप अनुसन्धान तथा कारबाहीका लागी पठाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.