भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

चौध लाखको पटाका बरामद

चौध लाखको पटाका बरामद

झापा । सीमामा चोरी तस्करी नियन्त्रणका लागि प्रहरीले गस्ती बढाएको छ । प्रहरीको निगरानी बढेसँगै मेचीनगरबाट १४ लाख बराबरको भन्सार छलेर भित्राइएका सामान प्रहरीले बरामद गरेको छ ।

भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छलि ल्याउँदै गरेको कुर्था, तन्ना, ढाका कपडा, थान कपडालगायत सात लाख २१ हजार ७०० को सामान पक्राउ गरी इलाका प्रहरी कार्यालय काँकडभिट्टाले आज मेची भन्सार कार्यालयमा दाखिला गरेको झापाका प्रहरी प्रमुख कृष्णप्रसाद कोइरालाले बताए ।

यसैगरी, मेचीनगर नगरपालिका–१० शान्ति समाज टोलबाट १३ बोरा आतिसबाजीसहित दुई व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर–५ का २९ वर्षीय प्रशन्नजित दर्जी र टेम्पो चालक २९ वर्षीय विश्वनाथ प्रधान रहेको प्रहरी उपरीक्षक कोइरालाले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.