भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै |

नरवणेको धार्मिक व्यस्तता

नरवणेको धार्मिक व्यस्तता

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे आज धार्मिक कार्यमा व्यस्त भएका छन् । दिउसोदेखि धार्मिक क्षेत्रको भ्रमणमा व्यस्त रहेका छन् । पत्नीसहित उनले वसन्तपुरमा कुमारीको दर्शन गरे ।

कडा सुरक्षा व्यवस्थाका बीच पशुपति मन्दिरको पनि दर्शन गरेका छन् । नरवणेको मुख्य कार्यक्रम बिहीबार राखिएको छ ।त्यहाँ उनले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्राप्त गर्नेछन् ।

बिहीबारै समकक्षी प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता पछि नरवणे आर्मी स्टाफ कलेज शिवपुरीका शिक्षार्थीसँग अन्तरक्रिया गर्नेछन् । त्यसपछि प्रधानमन्त्रीसमेत रहेका रक्षामन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेर भारत फर्किने नेपाली सेनाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.