भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

जङ्गली च्याउ खाँदा १५ जना बिरामी

जङ्गली च्याउ खाँदा १५ जना बिरामी

काठमाडौं । विषालु च्याउ खाँदा बुटवलमा १५ जना बिरामी परेका छन् । बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँका ६ जना, वडा नं ४ लक्ष्मीनगरका ७ र वडा नं १३ बेलबासका दुई जना बिरामी भएको प्रहरीले जनाएको छ ।

जङ्गलबाट ल्याएको च्याउ खाँदा बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँका २८ वर्षीया रिना विक, २८ वर्षीया कमला विक, आठ वर्षीया सुप्रिया विक, ३८ वर्षीय विष्णु विक, ३३ वर्षीया दुर्गा विक र ५० वर्षीय हुमबहादुर विक बिरामी भएका हुन् ।

लक्ष्मीनगरका ६२ वर्षीया हिमाकुमारी छन्त्याल, गौरीमाया सेन, ६५ वर्षीया दीपा सेन, १४ वर्षीय यथार्थ जिसी, ४२ वर्षीया मञ्जु सेन, ६४ वर्षका हरि सेन र ३७ वर्षका प्रकाश सेन बिरामी भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले बताए ।

यसैगरी बेलबास शान्ति चोकका ४५ वर्षीया पेमा थापा, ४३ वर्षीया सुशीला रोका, २८ वर्षीया रिमा विक, २८ वर्षीया कमला विक, आठ वर्षकी सुप्रिया विक, ३८ वर्षीय विष्णु विक र ३३ वर्षीया दुर्गा विक, ५० वर्षीय हुमबहादुर विक बिरामी भएका छन् ।

लुम्बिनी प्रादेशिक अस्पतालमा उनीहरुको उपचार भइरहेको छ । अस्वथा गम्भीर रहेका पाँच जनाको आइसीयूमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.