जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु,दुई जना घाइते

जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु,दुई जना घाइते

रौतहट। जङ्गली हात्तीको आक्रमणबाट पूर्व पश्चिम राजमार्गसँग जोडिएको रौतहटको चन्द्रपुर नगरपालिकामा एकजना महिलाको मृत्यु भएको छ । चन्द्रपुर–५ स्थित राजपैडा घर भएकी ५५ वर्षीया मनीया धामीको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको हो । हात्तीको आक्रमणबाट दुई जना घाइते भएको र उद्धार गर्न गएका अन्य २ जना प्रहरीलाई समेत चोटपटक लागेको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ ।

शनिबार साँझमा घटनाको खबर आए पनि हात्ती त्यसै ठाउँमा रहेकाले बिहान मात्र सेना प्रहरी बन कर्मचारी र स्थानीयको सहयोगमा मृतक महिलाको शव बरामद गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको
छ । शनिबार साँझ घाँसपात लिन चाँदी खोला पारी रामलाल वृन्दावन साझेदारी वनमा गएकी धामीको हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको हो ।

उनीसँगै घाँस लिन गएकी अन्य दुई जना राजपैडा घर भएकी ५३ वर्षीय अघनिया देवी चौधरी र ६० वर्षीय पनाबती देवी घाइते भएकी छन्। मृतकको शव पोस्टमार्टमको लागि जिल्ला प्रादेशिक अस्पताल गौरमा पठाइएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।मृतकको शवको खोजी र घाइतेको उद्धार गर्ने क्रममा २ जना प्रहरी लाई समेत चोटपटक लागेको छ ।

 


Thali Mobile Pvt.Ltd.