अछाम । साउन १५ गते महाकाली नदी तर्ने क्रममा भारतीय एसएसबीले टुइनको डोरी काटेर जयसिह धामी बेपक्ता पारेको विषयमा छानबिन गरी दोषीलाई कारबाही गर्न नेमकिपा अछामले माग गरेको छ ।
तुइन तरिरहेका बेला अर्धसैनिक बलका दुई जना जवानले तुइनको डोरी काटेर भागेको त्यहाँका स्थानीयवासीले देखेको घटना छानबिन गरी तत्काल कूटनीतिक पहल गरी कारबाही गर्न नेपाल सरकारसंग माग गरेको हो ।
कल्पना गर्न नसकिने अमानवीय व्यवहार एसएसबीले देखाएको प्रति खेद प्रकट गरेको नेमकिपा अछामका अध्यक्ष झङकर शाहीले बताए । नदीमा बेपत्ता पारिएका धामीको परिवारलाई राहत दिन सरकारकाे ध्यानाकर्षण गराएकाे शाहीले बताए । घटनाको सत्य तथ्य बुझेर नेपाल सरकारले तत्काल बारबाही गर्न नेपाल मजदुर किसान पार्टी जिल्ला समिति अछामले माग गरेको शाहीको भनाई छ ।
शाहीद्धारा हस्ताक्षेरीत विज्ञप्ती…

