भर्खरै : Sorry, your browser does not support inline SVG.
देशभर रेबिजविरुद्धको खोप अभाव, आपूर्ति मागभन्दा कम हुँदा स्वास्थ्य प्रणालीमा दबाब | सिथि नखः पर्वमा पानीका स्रोत सरसफाइ, नेवार समुदायको परम्परागत अभ्यास | राष्ट्र बैंकद्वारा सीईओको तलब-भत्ता सम्बन्धी नयाँ मार्गदर्शन जारी, पारिश्रमिकमा एकरूपता ल्याउने लक्ष्य | कृषि तथा पशुपन्छी अनुदान छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन | कोशी प्रदेशबाट मनसुन प्रवेश, केही स्थानमा चट्याङसहित मध्यम वर्षा र भारी वर्षाको सम्भावना | इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सहमति, तर व्यवहारमा आक्रमण जारी रहेको दाबी | श्चिम एसियामा तनाव घटाउने प्रयास : नाकाबन्दी अन्त्यको घोषणा | नागरिकले आफैँ राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सक्ने सेवा सुरु |

जाजरकोटमा ७ जनाको मृत्यु, ५ जना बेपत्ता

जाजरकोटमा ७ जनाको मृत्यु, ५ जना बेपत्ता

२६ असार २०७७ जाजरकोट । बिहीबार राति पहिरोले दुई घर बगाउँदा सात जनाको शव भेटिएको छ । पाँच जना अझै बेपत्ता रहेका छन् । बेपत्ता मध्ये सातजनाको शव भेटिएको जाजरकोट डीएसपी किशोर श्रेष्ठले बताए ।

बेपत्ता भएका बारेकोट गाउँपालिका– ४ सार्कीगाउँका ५२ वर्षीय गोपाल सार्की र उनको ११ वर्षका छोरा अर्जुन सार्की, कलु सार्कीको घरमा पाहुन आएका कुशे गाउँपालिका–९ का २० वर्षीया डिल्ली सार्की र १८ वर्षका वीरेन्द्र सार्कीको शव भेटिएको छ ।

अन्य तीन जनाको भने पहिचान खुल्न नसकेको उनको भनाई छ । बेपत्ता अन्य पाँच जनाको खोजीकार्य जारी छ ।

 


Thali Mobile Pvt.Ltd.