भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

जित्नै पर्ने दवावकासाथ राष्ट्रिय महिला फुटबल टोली आज बंगलादेश जाँदै

जित्नै पर्ने दवावकासाथ राष्ट्रिय महिला फुटबल टोली आज बंगलादेश जाँदै

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोली आज बंगलादेश जाँदैछ । असोज ६ गतेबाट सुरु हुने १९औँ एसियाली खेलकुदको तयारी स्वरुप नेपालले जुलाई १३ र १६ मा बङ्गलादेशसँग ढाकामा दुई मैत्रीपूर्ण खेल खेल्दैछ ।

बङ्गलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि एन्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा २३ सदस्यीय टोलीको घोषणा भइसकेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले फुटबल टोलीको हिजो नै बिदाइ गरेको छ ।

नेपाली टोली
गोलकिपरः एन्जिला तुम्बाप्पो सुब्बा, अन्जना राना मगर, उषा नाथ

रक्षकः अमृता जैसी, गिता राना, हीराकुमारी भुजेल, पुजा राना, विमला बिक, अञ्चली वाइबा , समिक्षा घिमिरे

मिडफिल्डरः रेनुका नगरकोटे, सरु लिम्बु, विमला चौधरी, अनिता बस्नेत, प्रीति राई, दीपा शाही

फरवार्डः सावित्रा भण्डारी, सबिता राना मगर, रश्मिकुमारी घिसिङ, अनिता केसी, अमिषा कार्की, रेखा पौडेल रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.