दाङ । बाँकेको सिमानामा पर्ने शिव खोलामा ट्रक दुर्घटना भएको छ ।
पूर्व पश्चिम महेन्द्र राजमार्गअन्तर्रगत अमिलिया र बाँके सिमानामा पर्ने शिवखोलाको पुलबाट ट्रक खोलामा खसेको थियो ।
भैरहवाबाट नेपालगञ्जतर्फ जाँदै गरेको लु १ ख ८६०९ नम्बरको ट्रक खोलामा खसेपछि चालक च्यापिएका थिए ।
उनको उद्दार भइरहेको छ । घाइते अवस्थामा रहेका चालकलाई उद्दारको भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
साढे दुई घण्टादेखि चालक घाइते अवस्थामा ट्रकभित्र च्यापिएका हुन् ।
