भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

ठोरी तर्फको ४३६ नम्बरको सीमा स्तम्भ भारतले उखेलेर फालदियाे

ठोरी तर्फको ४३६ नम्बरको सीमा स्तम्भ भारतले उखेलेर फालदियाे

४ साउन २०७७ पर्सा । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मभूमि अयोध्या ठोरीमा पर्ने उदघोष गरेसँगै ठोरीस्थित सीता गुफा नजिकै रहेको सीमा स्तम्भ उखेलेर फालेको अवस्थामा फेला परेको छ । प्रसिद्ध धार्मिकस्थल सीता गुफादेखि दक्षिण सोमेश्वर पहाडमा रहेको ४३६ नम्बरको सीमा स्तम्भ उखेलेर फालिएको अवस्थामा फेला परेको सशस्त्र प्रहरीले बताएको हाे ।

बोर्डर आउट पोष्ट ठोरीका प्रहरी निरीक्षक दीपक दाहालका अनुसार शनिबार मध्यान्ह १२ बजेसम्म सीमा स्तम्भ सुरक्षित नै थियो । भारतीय सीमा सुरक्षाबल (एसएसबी)का इन्सपेक्टरसमेतले उक्त क्षेत्रमा देखापरेका थिए । पूजापाठका लागि गएका स्थानीय त्यहाँ पुग्दा एकाएक सीमा स्तम्भ उखेलेर फालेको अवस्थामा फेला पारे ।

यता ठोरी गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठका अनुसार बिहान पूजापाठ हुँदासम्म नेपाल–भारत सीमामा अवस्थित सीमा स्तम्भ देखिएको तर अपरान्ह एकाएक उखेलेर फालिएको छ । अयोध्या भूमिको चर्चा र राम नेपाली नै हुन्न भन्ने कुराको सत्यता लुकाउनलाई भारतीय सुरक्षाकर्मीले सीमा स्तम्भ उखेलेर फालेको स्थानीयले बताए ।

सीमा स्तम्भ गाडिएको स्थानभन्दा केही मिटर टाढा फालेको अवस्थामा सीमा स्तम्भ फेला पारेको र अहिले माथिल्लो निकायमा जानकारी गराएर सीमा स्तम्भको सुरक्षा गरिरहेको प्रहरी निरीक्षक दाहालले बताए ।

सीमा स्तम्भ किन उखेलेर फाल्यो भन्ने विषयमा अनुसन्धान भइरहेको दाहालको भनाईछ । प्रधानमन्त्री ओलीले भगवान रामको जन्म ठोरीमा भएको अभिव्यक्ति आएसँगै सो क्षेत्रमा मानिसहरुको चहलपहल बढ्दै गएको छ । शनिबार गाउँपालिकाले कलश यात्रा अयोजना गर्दै भव्य पूजाअर्चना गरेको थियो ।

सीमा स्तम्भ एकाएक उखेलिएपछि ठोरीका बासिन्दाले यो षडयन्त्रको तत्कालै प्रतिकार गर्न सरकारसंग माग गरेका छन् । नेपाल सरकार चुप लागेमा आफ्नो जमिन गुम्नेमा खतरा रहेको उनीहरुको भनाई छ । भारतले सीमा स्तम्भ विवाद खडा गरेर अहिलेको माहोललाई अन्त मोड्न खोजेको हुन सक्ने ठोरीका स्थानीय तथा जिल्ला समन्वय समिति पर्साका उपप्रमुख ठाकुर न्यौपानेले बताए ।

 


Thali Mobile Pvt.Ltd.