भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

डुंगा पल्टिदा इन्डोनेसियामा १५ को मृत्यु, १९ बेपत्ता,६ जना यात्रुको उद्धार

डुंगा पल्टिदा इन्डोनेसियामा १५ को मृत्यु, १९ बेपत्ता,६ जना यात्रुको उद्धार

जाकर्ता । डुंगा पल्टिँदा इन्डोनेसियाको सुलावेसी टापुमा १५ जनाको ज्यान गएको छ भने १९ जना बेपत्ता र ६ जना यात्रुको उद्धार गरिएको छ । राष्ट्रिय खोज तथा उद्धार एजेन्सीले बेपत्ता यात्रुको खोजी गरिरहेको छ ।

खोज तथा उद्धार एजेन्सीको स्थानीय शाखाका मुहम्मद अराफाले भने, ‘सबै पीडितहरूको पहिचान भइसकेको छ र शवहरू उनीहरूको परिवारलाई हस्तान्तरण गरिएको छ, बाँचेकाहरूको अहिले स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ ।

राष्ट्रिय खोज तथा उद्धार एजेन्सीले दिएको जानकारी अनुसार जहाजमा ४० जना यात्रु थिए र डुंगा राति करिब १२ बजे डुबेको थियो । तर, दुर्घटनाको कारण भने खुल्न सकेको छैन । ६ जना यात्रुको उद्धार गरिएको छ, जसको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

डुङ्गाले मानिसहरूलाई खाडी पार गरी दक्षिणपूर्वी सुलावेसी प्रान्तको राजधानी केन्द्रीबाट करिब २०० किलोमिटर दक्षिणमा रहेको मुना टापुमा पुर्याएको थियो ।
त्यही क्रममा यो घटना भएको हो । उद्धार एजेन्सीले साझा गरेका तस्बिरहरूमा स्थानीय अस्पतालको भुइँमा लुगाले छोपिएको पीडितहरूको शव देखाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.