भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह | रसुवा बाढी : ४६९ शव फेला, १ हजार ५४५ जनाको उद्धार | रसुवा-नुवाकोटसहित बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतलाई तीव्रता दिँदै बागमती सरकार | भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु |

भक्तपुर अस्पताल सेवामा पनि उत्कृष्ट

भक्तपुर अस्पताल सेवामा पनि उत्कृष्ट

भक्तपुर । बागमती प्रदेशमा नै भक्तपुर अस्पताल उत्कृष्ट अस्पताल बन्न सफल भएको छ । अस्पताल व्यवस्थापन सुदृढीकरणअन्तर्गत न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रममा भक्तपुर अस्पताल देशकै उत्कृष्ट अस्पतालमध्ये अग्रपङ्क्तिमा उभिन सफल भएको हाे ।

तर पछिल्लो समय सेवा प्रवाहमा समेत भक्तपुर अस्पताल उत्कृष्ट बनेकाे छ । सरकारी मूल्याङ्कन टोलीले मूल्याङ्कनको मापदण्डअनुसार दिएको नम्बरको आधारमा सबैभन्दा धेरै नम्बर प्राप्त गरेकोमा अस्पताल परिवारले खुसी व्यक्त गरेको केही समय पछि सेवा प्रवाहमा समेत खुसी व्यक्त गरेका छ ।

अस्पतालले न्यूनतम सेवा मापदण्डमा दु्रत गतिमा प्रगति गर्दै सर्वोत्कृष्ट नतिजा ल्याएको त छ नै अझ व्यवहारमा सेवालाइ थप सहजता पुष्टिसमेत गरेको छ । स्थलगत अवलोकन र मूल्याङ्कनमा भक्तपुर अस्पतालले ८२ अङ्क प्राप्त गरी उत्कृष्ट नतिजा निकालेको र अहिले सेवा प्रवाहमासमेत उत्कृष्टता दिएकाे वाग्मती प्रदेशका स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर अर्जुन सापकोटाले बताए ।

अस्पतालको सफलतासँगै कार्यरत स्वास्थ्यकर्मी र कर्मचारी पनि अझ दत्तचित्त भएर काम गरिरहेकाे सेवाग्राहीले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.