भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

तनहँमा स्वर्णिम वाग्ले ३४ हजार ९ सय १८ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित

तनहँमा स्वर्णिम वाग्ले ३४ हजार ९ सय १८ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ १ बाट भारी मतले विजयी भएका छन् । वाग्लेले ३४ हजार ९ सय १८ मत ल्याएर विजयी भएका हुन । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले भन्दा करिब १५ हजार बढी मत ल्याएर विजयी हुँदा भट्टराईले २० हजार १ सय २२ मत प्राप्त गरेका छन् ।

मंसिर ४ मा विजयी उम्मेदवारले भन्दा बढी मत ल्याएका वाग्लले अन्तिम मतपरिणाम नआई जित सुनिश्चित गरेका गरेका हुन । निर्वाचित कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलले ल्याएको मतभन्दा बढी मत ल्याएका हुन ।

मंसिर ४ मा सम्पन्न निर्वाचनमा विजयी उम्मेदवार पौडेल राष्ट्रपति निर्वाचित भएपछि तनहुँ–१ मा उपनिर्वाचन भएको हो । तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार सर्वेन्द्र खनालले आठ हजार ४ सय ८८ मत प्राप्त गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.