भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह | रसुवा बाढी : ४६९ शव फेला, १ हजार ५४५ जनाको उद्धार | रसुवा-नुवाकोटसहित बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतलाई तीव्रता दिँदै बागमती सरकार | भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु |

फ्लाइ दुबईको जहाज अवतरण नगरि गन्तव्यतर्फ लाग्यो

फ्लाइ दुबईको जहाज अवतरण नगरि गन्तव्यतर्फ लाग्यो

काठमाण्डौ । फ्लाइ दुबईको जहाज त्रिभुवन विमानस्थलबाट दुबईको लागि उडेको केही बेरमै इन्जिनमा आगो लागेपछि सुरक्षित अवतरण नगरि गन्तव्यतफै लागेको छ । दुर्घटना हुनबाट जोगिएको जहाजको अवस्था सामान्य भएसँगै गन्तव्यतर्फ लागिसकेको नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।

जहाज नर्मल अवस्थामा आएको र अहिले आफ्नै गन्तव्यमा लागिसकेको जनाइएको छ । काठमाडौंबाट दुबईका लागि उडेको जहाजको एउटा इञ्जिन फेल भएपनि काठमाडौंमा अवतरण गरेन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार विमानका पाइलटले दायाँ भागको इञ्जिनमा समस्या देखिएको एयर ट्राफिक कन्ट्रोलरलाई जानकारी गराएका थिए ।

उडान ट्याक गर्ने वेवसाइट फ्लाइट रडार २४ मा ९ः५८ बजे यो विमान कपिलवस्तुको आकाशमा देखिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले पनि अवस्था सामान्य भएर विमान दुबईतर्फ लागिसकेको बताए । उनले सबुकमा स्टाटस राख्दै चिन्ता नगर्न पनि आग्रह गरेका छन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री किरातीले भनेका छन् फ्लाई दुबई जहाज सुरक्षित आफ्नो गन्तव्यतिर गइरहेको र अब चिन्ता लिनपर्ने अवस्था नरहेको बताएका छन् । ‘फ्लाई दुवई जहाज सुरक्षित आफ्नो गन्तव्यतिर जाँदैछ । कोही चिन्ता नगर्नुहोला । सबैलाई शुभयात्रा’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन् । प्राविधिक समस्या देखिएको जहाजमा १६९ जना यात्रु रहेका छन् । जसमा १२० विदेशी र ४९ जना नेपाली रहेका छन् ।

 

 


Thali Mobile Pvt.Ltd.