भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

ताल्चा नखोलेपछि एसईई परीक्षा सन्चालनमा कठिनाइ

ताल्चा नखोलेपछि एसईई परीक्षा सन्चालनमा कठिनाइ

दाङ । भवन निर्माणको रकम भुक्तानी नपाएको भन्दै सल्यानका ठेकेदारले विद्यालयमा लगाएको ताला १४ दिन बित्दा पनि खोलेका छैनन् । ठेकेदारले त्रिवेणी गाउँपालिका–१ रिठाचौर काभ्राको जनता माध्यमिक विद्यालयका दुईवटा भवनमा ताला लगाएको र नखोल्दा एसईई परीक्षा सञ्चालन गर्न समस्या भएको विद्यालय प्रशासनले जानकारी दिएको छ ।

ठेकेदार दामोदर वलीले चैत ३ गते विद्यालयको ८ कोठे र ४ कोठे दुई भवनमा ताला लगाएको विद्यालय प्रशासनको भनाइ छ । आजदेखि सुरु हुने एसईईमा उक्त विद्यालयमा जिल्लाका पाँच विद्यालयको परीक्षा केन्द्र तोकिएको छ ।

राधेश्याम माबि गैरागिठी, माबि टोटके, नेरा माबि रेख फलाबाङ, सल्यानी पब्लिक स्कुल र त्रिवेणी माबि सरिकोटका गरी १५७ जना विद्यार्थी सो विद्यालयमा तोकिएको परीक्षा केन्द्रमा सहभागी हुँदैछन् । परिक्षाको सिट व्यवस्थानमा कठिनाइ भएको सहायक प्रधानाध्यापक कृष्णराज बुढाथोकीले बताए ।

एसईईको मुखमा तालाबन्दी हुँदा विद्यालयमा परीक्षा सञ्चालनका लागि प्रशासनिक कामकाज गर्न समेत समस्या भएको छ । विद्यालयमा लागेका ताला खोल्न ठेकेदारलाई पटक–पटक आग्रह गरे पनि नमानेको
त्रिवेणी गाउँपालिका अध्यक्ष खिमबहादुर रावतले बताए ।

 


Thali Mobile Pvt.Ltd.