भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

एसईई परीक्षा सुरु, चार लाख ८४ हजार परीक्षार्थी सहभागी

एसईई परीक्षा सुरु, चार लाख ८४ हजार परीक्षार्थी सहभागी

काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु भएको छ । आज बिहान ८ बजेदेखि सुरु भएको परीक्षा ११ बजे सकिनेछ ।

परीक्षा शान्तिपूर्ण, मर्यादित र व्यवस्थित रूपमा सम्पन्न गराउन राष्ट्रिय परीक्षा बोर्डले ७७ वटै जिल्लाका सबै जिम्मेवार निकायसँग अनलाइनमार्फत बैठक सम्पन्न गरेको थियो । देशभरका ७८ हजार भन्दा बढी जनशक्ति परिचालन गरिएको परीक्षा नियन्त्रक कार्यालयले जनाएको छ ।

देशका ७७ जिल्लामा दुई हजार ३६ परीक्षा केन्द्र र जापानमा एक गरी कूल दुई हजार ३७ वटा परीक्षा केन्द्र तोकिएको छ । यो वर्ष परीक्षा दिनका लागि कूल ४ लाख ८४ हजार २२७ जनाले फाराम भरेका थिए ।

परिक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षा हलभित्र कुनै पनि तस्बिर लिन नपाउने, परीक्षा केन्द्रमा अत्यन्तै सीमित, आवश्यक र तोकिएका व्यक्ति परीक्षा समितिको अनुमति लिएर मात्रै अनुगमन गर्न पाइनेछ ।

त्यस्तै परिक्षा सञ्चालनमा सञ्चारकर्मीलाई पनि केन्द्रका बाहिरको गतिविधिहरूको तस्बिर लिन पाइने छ भने परीक्षा सुरु भएपछि परीक्षा हलभित्र गएर तस्बिर लिन नपाइने बताइएको छ ।
परिक्षा आजदेखि सुरु भएर २९ गतेसम्म सञ्चालन हुनेछ ।

 


Thali Mobile Pvt.Ltd.