भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

तिलिचो ताल जोड्ने पदमार्ग निर्माण

तिलिचो ताल जोड्ने पदमार्ग निर्माण

म्याग्दी । संसारकै अग्लो ठाउँमा रहेको तिलिचो तालसम्मको पदमार्ग निर्माण र स्तरोन्नति कार्य सम्पन्न भएको छ । मुस्ताङको घरपझोङ गाउँपालिका र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका संरक्षण कार्यालय जोमसोमको सहयोगमा घरपझोङ गाउँपालिकाको ठिनीबाट झण्डै २३ किलोमिटर पदमार्ग निर्माण र स्तरोन्नति गरिएको हो ।

पदमार्गको लागि गाउँपालिकाले ५० लाख रुपैयाँ र एक्यापले १० लाख रुपैयाँ खर्च गरेका घरपझोङ गाउँपालिकाका रोजगार संयोजक शर्मिला श्रीसले जानकारी दिइन् । पदमार्ग निर्माणका लागि गाउँपालिकाले २८ जना स्थानीय युवा परिचालन गरेको थियो ।

साँघुरो र जोखिमयुक्त ठाउँमा चार फिट फराकिलो पदमार्ग बनाएको गाउँपालिकाले जनाएको छ । जोमसोम–ठनी हुँदै तीन दिनमा तिलिचो पुगेर फर्कन सकिने यो पदमार्ग समुद्री सतहबाट चार हजार नौ सय १९ मिटर उचाइमा रहेको तिलोचो ताल पुग्ने छोटो पदमार्ग हो । रासस

 


Thali Mobile Pvt.Ltd.