भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च | एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी |

जंगली च्याउ खादा दुई जनाको अवस्था गम्भीर, तीन जनाको अवस्था सामान्य

जंगली च्याउ खादा दुई जनाको अवस्था गम्भीर, तीन जनाको अवस्था सामान्य

रुकुम पश्चिम । रुकुम पश्चिमम बाँफिकोट गाउँपालिका ७ मग्मा नदुवाका पाँच जना विरामी भएका छन् । जङ्गली च्याउ खाँएपछि उनीहरु बिरामी भएका छन् । विरामी हुनेमा आशिराम खत्रीसहित उनकी श्रीमती कुमारी, छोरा शेरबहादुर, छोरी धनमाया र भान्जा निमबहादुर खत्री रहेको प्रहरीले जनाएको छ । बिरामी पाँचै जनालाई बुधवार बिहान जिल्ला अस्पताल सल्लेमा उपचारका लागि ल्याइएको छ । उनीहरुमध्ये आशिराम उनकी छोरी धनमाया बोल्न नसक्ने अवस्थामा रहेको छ भने अन्य तीन जनाको अवस्था सामान्य रहेको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले बर्खायाममा जङ्गली विषालु च्याउ खाएर मानिसहरू बिरामी परेको भन्दै सचेत रहन आग्रह समेत गरेको छ । आशिरामले मङ्गलवार बेलुका जङ्गलबाट ल्याएको च्याउ खाँदा पाँच जना बिरामी भएकाे जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.