भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

तीन वटै खेल जितेको नेपालले आज मलेसियासँग भिड्दै

तीन वटै खेल जितेको नेपालले आज मलेसियासँग भिड्दै

काठमाडौं । यूएईमा भइरहेको आईसीसी यू–१९ विश्वकप एसिया छनोट नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र मलेसियाबीचको खेल हङकङबीचको खेल अमजानस्थित मलेक क्रिकेट ग्राउण्ड–२ मा नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ ।

छनोट प्रतियोगिता नेपालले यसअघिका तीन वटै खेल जितेको छ । नेपालले पहिलो खेलमा सिंगापुरलाई ९६ रनले पराजित गरेको थियो ।

यस्तै दोस्रो खेलमा कुवेतलाई २४३ रनको फराकिलो अन्तरले पराजित गरेको । तेस्रो खेलमा नेपालले हङकङलाई ९ विकेटले पराजित गरेको थियो ।

मलेसियाले भने तीन खेल खेल्दा जम्मा एक खेल जितेको छ । दुई खेलमा पराजित भएको थियो । आजै यूएई र कुवेत तथा सिंगापुर र हङकङबीच खेल हुनेछ ।

नेपाल र यूएई लगातार तीन खेल जित्दै अपराजित छन् । दुवैले समान ६ अंक जोडेका छन् तर रनरेटको आधारमा यूएई शीर्ष स्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ ।

 


Thali Mobile Pvt.Ltd.