भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

ग्यास सिलिन्डर पड्किएर आगलागी

ग्यास सिलिन्डर पड्किएर आगलागी

नुवाकोट । नुवाकोटस्थित बेलकोटगढी नगरपालिका–८ पाँचखलमा ग्यासको सिलिण्डर पड्किएर आगलागी भएको छ।

आगलागीबाट विश्वनाथ पुडासैनीको घरमा हुँदा साढे तीन लाख रुपैयाँ बराबरको क्षति भएको छ।

आगलागीमा परी अन्नपात, भाँडाकुँडा, लत्ताकपडा जलेको तर कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डीएसपी खगेन्द्र खड्काले बताए ।

ढुंगा, माटोले बनेको र जस्ताले छाएको घर आगलागीमा परेर पूर्णरुपमा जलेको छ ।

बिदुर नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो।

 


Thali Mobile Pvt.Ltd.